२६ घर जलेर नष्ट

0
289

कपिलवस्तु ,
बैशाख ७ गते
कपिलवस्तुको विजयनगर गाउँपालिका वार्ड नं.५ सिसवा गाउँमा आगलागी हुदा २६ ओटा घरगोठ जलेर नष्ट भएको छ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका वार्ड ५ सिसवा गाउँमा आज विहान लगभग १०:३० वजे तिर आगलागी हुदा फुसकाे ९ वटा पुर्ण घर १७ ओटा आशिंक गरि २६ ओटा घरगाेठ जलेर नष्ट भएकाे ईलाका प्रहरी जानकारी गणेशपुरले जनाएको छ।

आगलागी हुँदा अन्दाजी एक करोड बढी रुपैयाँको धनमालको क्षति भएको छ ।

बिहिबार करिब साढे १०:३० बजेतिर लागेको आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको र आगलागीमा परि १ एउटा गाेरु जलेर मरेको मानवीय क्षति नभएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

खाना पकाउने क्रममा आगलागी भएकाे स्थानीयले जनाएका छन । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रण आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here