हेटौँडाबाट काठमाडौं जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध

0
222
ads वन्य जन्तु संरक्षण

मकवानपुर :  हेटौँडाबाट काठमाडौं जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो।

भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो। त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी-९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए। त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका-११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। हेटौँडा-काठमाडौं जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

भारी वर्षाका कारण हेटौँडा-४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ। गर्दोही क्षेत्रमा रहेका केही घर डुवानमा परेको प्रहरीले जनाएको छ। खोलामा पानीको बहाव बढ्नेक्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ। विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here