ली चाङ्शूः वरिष्ठ चिनियाँ नेता राजनीतिक भेटघाटमा व्यस्त, बुधवार राष्ट्रपतिलाई भेट्ने

0
237
ads वन्य जन्तु संरक्षण

[ad_1]

चाङ्शू-देउवा

तस्बिर स्रोत, RSS

नेपाल भ्रमणमा रहेका वरिष्ठ चिनियाँ नेता ली चाङ्शू उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार चाङ्शूले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मङ्गलवार अपराह्ण प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट गरेका छन्। 

भेटपछि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भेटघाटका बेला दुई प्रतिनिधिमण्डलले आपसी स्वार्थका व्यापक विषयहरूमा छलफल गरे जसमा द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, नेपाली विद्यार्थीहरू चीन फर्कने विषय, यात्रुवाहक उडानहरू पुनः सुरु गर्ने कुरा र सीमाविन्दूहरू पुनः खुला गर्ने कुराहरू समेटिएका थिए। “

सोमवार काठमाण्डू आइपुगेका चीनका तेस्रो वरीयतामा रहेका नेता ली चाङ्शूले सोमवारबाटै उच्चस्तरीय भेटवार्ताहरू गर्न सुरु गरेका थिए।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here