मा.वि जजरागाउँमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

0
257
ads वन्य जन्तु संरक्षण


२२ कार्तिक
दाङ्ग – घोराही उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको माध्यमिक विद्यालय जजरागाउँमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । काठमान्डौ युनिभरसीटी स्कूल अफ म्यानेजमेन्ट विविए तेस्रो वर्षमा अध्ययनरत घोराही १७ निवासी श्रेया रेग्मीको पहलमा सामाजिक उत्तरदायित्व कार्य अन्तरगत शिविर सम्पन्न गरिएको हो ।सोसल एक्सपिरियन्स सहारा अन्तर्गत गोर्खा पब्लीक अस्पताल प्राली घोराही र बिआर डेन्टल घोराहीको प्राविधिक सहयोगमा विद्यालयमा कक्षा १ देखी १२ कक्षा सम्मका विद्यार्थी तथा शिक्षकगरी १ सय ५० जनाको निशुल्क स्वास्थ्य जाँचसँगै औषधी वितरण गरिएको हो विद्यालयका प्रधानाध्यापक विप्लब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रेग्मीले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्नुभएको थियो ।शिविर मार्फत् ५० हजार बराबरको औषधि वितरण गरिएको बताईएको छ । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ दाङका सचिव सुनिल रेग्मी, गोर्खा पब्लीक अस्पतालका प्रशासक दिनेश आचार्य, डा। संगम डिसी, डा। कपिला गौतम, अहेव गोविन्द वली, नर्स दिया वली, अनमी वर्षा घर्ती मगरसहितको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here