कृष्णनगर ,
भदौ २७
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाकाे सभाहलमा जिल्ला स्वास्थ्य कार्यालयकाे सहयाेग तथा कृष्णनगर नगरपालिकाे समन्वयमा एक दिने गाेष्ठी सम्पन्न भएकाे छ।
उपमेयर आरति देवि चाैधरिकाे अध्यक्षता तथा प्रमुख प्रशासकीय रमेश गाैतमकाे प्रमुख आतिथ्यमा कार्यक्रम सुरुवात भएकाे थियाे ।
कार्यक्रमकाे विशिष्ट अतिथि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिरुध श्रीवास्तव र भेक्टर कन्ट्राेल उदयचन्द् चाैरसियाकाे उपस्थिति रहेकाे थिया। कार्यक्रम लाई सहजीकरण गर्दै कालिका स्वावलम्बन सामाजिक केन्द्रका EHP परियाेजनाका परियाेजना अधिकृत निशान गुरुङले डेंगी राेगबारे जानकारी दिनु भयाे।
डेंगी एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगीको भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यस्ता लामखुट्टे ग्रामीणभन्दा भन्दा सहरी क्षेत्रमा बढी हुन्छन्।
खासगरी टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा यसले फूल पार्छ। सहरी क्षेत्रमा यस्ता भाँडा÷वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो जातका लामखुट्टे सहरमा बढी देखिने गरेका हुन् । एडिस एजिप्टाई र एडिस एल्बोपेक्टस नामका लामखुट्टेले टोकेर हुने तीव्र भाइसल संक्रमण हो- डेंगी । यो भाइरस डेंगी – १, डेंगी – २, डेंगी – ३ र डेंगी-४ गरी चार प्रकारका हुन्छन्। एडिस लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ। यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । औलो रोग फैलाउने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेंगी सार्ने लामखुट्टेले स्वच्छ पानीमा फूल पार्छ।
डेंगी रोग क्लासिक डेंगी, हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन्। गल्तीले डेंगु भनेर लेखिने डेंगी लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण र समशीतोष्ण भू-भागमा फैलिने रोग हो । यो रोग डेंगी भाइरसका कारण लाग्ने गर्छ । यो रोग निको हुन २ देखि ७ दिनसम्म लाग्छ । केही बिरामीमा यो रोग डेंगी हेमोरेजिक फिबर बढेर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ ।
लक्षणहरू
सामान्यतया डेंगी भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसमा कुनै लक्षण देखिँदैन वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य लक्षण मात्र देखिन्छन् । संक्रमितमध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगी लाग्ने गर्छ भने तीमध्ये निकै कमको मात्र मृत्यु हुने गर्छ। यो रोग छिप्पन ३ देखि १४ दिनसम्म लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनसम्ममा पूर्णता पाउँछ ।
त्यसैले यसको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेंगी वा अन्य लक्षण देखापर्ने सम्भावना हुँदैन । प्रायः बालबालिकामा डेंगी संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन्।
बालबालिकामा विभिन्न जटिलता देखापर्ने जोखिम पनि अन्यलाई भन्दा बढी नै हुन्छ । डेंगी पहिचानका लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । यस्ता बिरामीका मांसपेशी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।
बच्ने उपाय
डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने तथा लामखुट्टेको वृद्धि रोक्ने । पानी जम्न सक्ने भाँडाहरू जस्तै : गमला फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिने ।
पानीका ट्यांकी लामखुट्टे छिर्न नसक्ने छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने। फूलदानीमा भएको पानी हप्तामा दुईपटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाक्ने लुगा लगाउने। सम्भव भएसम्म दिउँसै सुत्दा पनि झुल प्रयोग गर्ने तथा साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउने ।
लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ। घरका झ्याल ढोकामा जाली लगाउनु पनि उपयुक्त हुन्छ । घरवरिपरि सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ । डेंगी ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो । डेंगीको शंका लाग्नासाथ नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ ।
कृष्णनगरकाे बजार क्षेत्रमा दुई दिने खाेजी कार्य २८ र २९ गतेहुने बारे स्वास्थ्य शाखा प्रमुख शकर भट्टराईले जानकारी दिनुभयाे ।
कार्यक्रममा वार्ड नं २ का वडा अध्यक्ष कृष्णकुमार गुप्ता वार्ड नं ३ का सगिर अहमद तथा कृष्णनगर ईप्रका प्रमुख लक्ष्मण वाेली ,कृष्णनगर हे.पाे प्रमुख जमाल अहमद ,महिला स्वास्थ्य स्व्यसेविकाहरु ,स्वास्थ्य शाखाक गिता भट्ट लगायतकाे उपस्थित रहेकाे थियाे।
भगवानपुर स्वास्थ्य चाैकी प्रमुख नन्द गाेपाल बढईले कार्यक्रम संचालन गर्नुभएकाे थियाे र कार्यक्रमकाे अन्तमा अध्यक्ष बाट कार्यक्रम समापनकाे घाेषणा गरि कार्यक्रम सम्पन्न गरियाे ।



