कृष्णनगर १० मा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम

0
15
Oplus_16908288

भाेला गुप्ता

कृष्णनगर, ३ चैेत्र ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा समुदाय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले एक कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको नागरिक आरोग्य केन्द्रको आयोजनामा वडा नम्बर १० मा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्थानीय बासिन्दालाई सन्तुलित आहार, नियमित व्यायाम, सरसफाइ तथा नसर्ने रोगबाट बच्ने उपायहरूबारे जानकारी दिइएको थियो । स्वास्थ्यकर्मीहरूले स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दै दैनिक जीवनमा साना तर महत्वपूर्ण परिवर्तनले दीर्घकालीन स्वास्थ्यमा सकारात्मक असर पार्ने बताए ।

कार्यक्रमका अध्यक्षता वडाध्यक्ष हरिपाल चतुर्वेदीको स्वस्थ समाज निर्माणका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गरे । उनले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको बताउँदै त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

नगरपालिकाले यस कार्यक्रमलाई सबै वडामा विस्तार गर्ने योजना बनाएको जनाएको छ । नागरिक आरोग्य केन्द्रका प्रतिनिधिहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here