कपिलवस्तुमा ट्रकले ठक्कर दिँदा बालकसहित ३ जनाको मृत्यु

0
2
Oplus_16908288
ads वन्य जन्तु संरक्षण

कपिलवस्तु, १३ साउन ।

कपिलवस्तुको तौलिहवा-बहादुरगञ्ज सडकखण्ड अन्तर्गत महाराजगञ्ज नगरपालिका-२ गैडहवा चोक नजिक ट्रकले ठक्कर दिँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ७:१५ बजे बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा लोड गरिएको ट्रकले साइकल, पैदलयात्री र लु १३ प ६४३९ नम्बरको माेटरसाइकल यात्रीलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका-३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ता रहेका छन् ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको ट्रकले अनियन्त्रित भएर पैदलयात्री र साइकलयात्रीलाई किचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here