आज छठ पर्व मनाउदै

0
268
ads वन्य जन्तु संरक्षण

कार्तिक १३, २०७९

कपिलवस्तु — तराईमा आइतबार पर्व छठ मनाइँदै छ । ब्रतालुहरुले आइतबार साझ मा अस्ताउँदो सूर्यको उपासना गर्ने छन् । शनिबार ‘खरना’ विधि अन्तर्गत दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र रोटी/पुरी खाएका ब्रतालुहरु आइतबार दिन भरी निर्जल निराहार बसेर ब्रत लिइरहेका छन् ।

आइतबार साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँनयाँ वस्त्र परिधान लगाएका ब्रतालुका परिवारका सदस्यले ब्रतालुको पूजा सामग्रीहरु राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्नेछन् ।

छठ घाटमा ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिबल लगायतका पूजा सामग्रीहरुको अर्घ दिने छन् । त्यसपछि उनीहरु घन्टौं घाटमा बसेर पूजा अर्चनामा लिन हुन्छन् । केही ब्रतालु राति घर फर्केर आगनमा कोसी भर्ने विधि गर्छन् ।

छठ ब्रत लिए ब्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । विशेष गरी चर्म रोगको निवारण र आफ्नो एवम् परिवारका सदस्यको सन्तान प्राप्तीको कामना गर्दै यो ब्रत लिने चलन छ । सोमबार बिहान उदाउँदो सूर्यको उपासना पछि प्रसाद खाएर मात्र ब्रत तोड्ने छन् ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here