अनेक पाण्डे
असार १०
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको १५ औं नगरसभा सम्पन्न भएको छ ।
१५ औं नगरसभाले आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ३ करोड बजेट प्रस्तुत गरेकाे छ ।
नगर प्रमुख अब्दुल कमालले कृषि, स्वास्थ्य , शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेकाे जानकारी दिनुभयो ।
आवश्यकताका आधारमा पालिकाका ५ वटा विद्यालयमा १२ कोठे भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको र १५ सैया अस्पतालको ८०% काम भएको नगर प्रमुखले जानकारी दिनुभएको छ।
संघीय समपुरक योजना संचालनको लागि १ करोड ५० लाख विनियोजन र प्रदेश समपुरक प्रदेश योजना संचालनको लागि १ करोड ५लाख बिनियोजन गरेको नगर प्रमुखले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि, पशु, बहुक्षेत्रिय पोषण, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघुउद्यम बिकास, लैगिंक समानता तथा सामाजिक समावेशीकरणका लागि ४० करोड १३ लाख रकम पालिकाले विनियोजन गरेको उप प्रमुख चौधरीले बताउनु भयो ।
शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायत बिषयगत शाखाको लागि २ करोड बिनियोजन र वडा स्तरिय योजानहरु संचालनको लागि ५ करोड ५० लाख विनियोजन गरेको र सामाजिक सुरक्षा भत्ता बितरणको लागि २६ करोड विनियोजन गरिएको उप प्रमुख रिता कुमारी चौधरीले बताउनु भयो ।


