रुस युक्रेन युद्ध: बाइडनद्वारा सामरिक परमाणु अस्त्र प्रयोग नगर्न पुटिनलाई चेतावनी

0
194

[ad_1]

युक्रेन युद्ध

तस्बिर स्रोत, EPA/RUSSIAN DEFENCE MINISTRY PRESS SERVICE

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन युद्धमा रासायनिक वा सामरिक परमाणु अस्त्रहरू प्रयोग नगर्न रुसलाई चेतावनी दिएका छन्। 

अमेरिकाको सीबीएस न्यूजसँग एक अन्तर्वार्ताका क्रममा बोल्दै बाइडनले त्यस्ता कदमले “दोस्रो विश्वयुद्ध यता कहिल्यै नदेखिएको युद्धको रूप देखा पर्ने” बताएका छन्। 

त्यस्ता अस्त्रको प्रयोग भएको खण्डमा अमेरिकाले चाल्ने कदमबारे भने उनले केही बोलेनन्। 

गत फेब्रुअरीमा युक्रेनमा अतिक्रमण थालिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको परमाणु फौजलाई “विशेष” सतर्कतामा राखेका थिए। 

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here