डेंगी नियन्त्रणका लागि नगरपालिका गम्भीर छ : नगर प्रमुख अर्याल

0
4
ads वन्य जन्तु संरक्षण

सरिता थारु
कपिलवस्तु, साउन ११ ।

डेंगी रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै वाणगंगा नगरपालिकाले नगरस्तरीय डेंगी रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सोमबार नगर कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा डेंगी रोगको रोकथाम, नियन्त्रण तथा जनचेतना अभिवृद्धिका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले डेंगी नियन्त्रणका लागि नगरपालिका गम्भीर रहेको बताउँनु भयो । उहाले नगरका सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा फेरमेड फाउण्डेशन नेपाल र कालिका स्वाबलम्बनल सामाजिक केन्द्रद्धारा संचालित प्रेरणा परियोजनाका कार्यक्रम संयोजक अञ्जान सिक्देलले डेंगी रोगको परिचय, लक्षण, संक्रमण हुने स्थान, एडिस जातको लामखुट्टेको जीवनचक्र तथा रोगबाट बच्ने उपायबारे प्रस्तुतीकरण गर्नुभयो।

उहाँका अनुसार डेंगी सार्ने एडिस जातको लामखुट्टे मुख्यतः दिउँसो बढी सक्रिय रहने, स्पष्ट पार्नु भयो ।साथै उहाले डेंगीका प्रमुख लक्षणमा ५–६ दिनसम्म उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने, ढाड तथा जोर्नी दुख्ने, शरीरमा राता बिबिरा देखिने, बान्ता हुनेलगायतका समस्या देखिने बताउनु भयो । डेंगी संक्रमण वाणगंगा नगरपालिकामा पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएको जानकारी दिनु भयो ।

डेंगी नियन्त्रणका लागि चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने, पर्याप्त आराम गर्ने, प्रशस्त झोलिलो पदार्थ सेवन गर्ने, लामखुट्टेले फुल पार्ने स्थान खोजी गरी नष्ट गर्ने, व्यक्तिगत सुरक्षा अपनाउने, आवश्यकताअनुसार रासायनिक विधि प्रयोग गर्ने, स्वास्थ्य शिक्षा प्रवाह गर्ने तथा वातावरण व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको संचालनमा भएको कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी , नगर भित्रका स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्यकर्मीहरु, नगरपालिकाका कर्मचारीहरु , संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

यसैविच डेङ्गी रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बाणगङ्गा नगरपालिका–४ गजेहडामा लामखुट्टेका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सम्पन्न गरिएको छ।
बाणगङ्गा नगरपालिकाको आयोजनामा तथा फेरमेड फाउण्डेशन नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहयोगमा सञ्चालित प्रेरणा परियोजनाद्धारा संचालन गरिएको अभियानअन्तर्गत गजेहडा बजार क्षेत्रका घर, पसल, सार्वजनिक स्थल तथा पानी जम्न सक्ने स्थानहरूमा खोजी गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गरिएको हो।

अभियानमा वडा नं। ४ का अध्यक्ष छवि रेश्मी मगर, वडा सदस्यहरू, उद्योग बाणिज्य संघका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरू, सुरक्षाकर्मी, युवा, समाजसेवी लगाएत स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले डेङ्गी सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने भएकाले घर तथा आसपासका क्षेत्रमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

बाणगङ्गा नगरपालिकाले डेङ्गी नियन्त्रणका लागि जनचेतनामूलक तथा सरसफाइ केन्द्रित यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। स्थानीयवासीले पनि सामूहिक प्रयासबाट मात्र डेङ्गीजस्ता सरुवा रोगको जोखिम न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here