जवाबैराठ स्व्यं हेरचाह समुहका सदस्यहरुकाे स्वास्थ्य परिक्षण

0
267


विजयनगर ,
भदौ १
कपिलवस्तुकाे विजयनगर गा.पा. वार्ड नं.१ मा रहेकाे जवाबैराठ स्व्यं हेरचाह समुहका सदस्यहरुकाे स्वास्थ्य परिक्षण तथा आँखा पाक्ने राेग र डेङ्गी राेग बारे जनचेतता कार्यक्रम सम्पन्न भयाे ।

फेयरमेड फाउन्डेसन नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्र द्धारा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्तरगत विजयनगर गा.पा. मा कुष्ठराेग, हातिपाइले,अतिगरिब र अपाङ्गता भएका व्यक्तिहरुकाे सन 2019 मा गठन गरिएकाे समुहमा आज एक कार्यक्रमका बिच समुहका सदस्यहरुकाे स्वास्थ्य परिक्षण गरियाे ।

केही दिन यता कपिलवस्तुका दशैंवटा पालिकामा आँखा पाक्ने र डेङ्गी राेगकाे प्रकाेप बडेकाे हुनाले यस समुहका सदस्य तथा समूह बाहिरका व्यक्तिहरुलाई आँखाकाे हेरचाह तथा डेङ्गी राेगकाे राेकथाम बारे वनखेत आधारभुत स्वास्थ्य एकाईका प्रमुख शंकर सुनारले जानकारी दिनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here