
कपिलवस्तु- फागुन २८
आँखा अस्पताल तथा कर्मचारी आवास भवनको समुदघाटन समाराेह कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका – ९ बहादुरगंजमा रहेको छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको अस्पताल तथा कर्मचारी आवास भवनको समुदघाटन समाराेह कार्यक्रम सम्पन्न भएको छ ।
दातृ निकाय The Norwegian Association of the Blind and Partially Sighted (NABP) Norway, लुम्बिनी प्रदेश-स्वास्थ्य मन्त्रालय, शहरी विकास तथा खानेपानी मन्त्रालयको वित्तिय सहयोग तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको आन्तरिक श्रोतबाट कृष्णनगर नगरपालिका-९, बहादुरगञ्ज, कपिलबस्तु निवासी नारायणी शाह ले निःशुल्क प्रदान गर्नुभएको ०-१७-०० जग्गामा निर्मित वार्ड भवन को नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष प्रा. डा. चेतराज पन्त ज्यूबाट उद्घाटन सु-सम्पन्न गरिएकाे प्रशासन शाखा प्रमुख जसराज विकले जानकारी दिनुभएको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य एवम् पुर्वप्रदेश मन्त्री जानकी यादव र अर्जुन केसी, संविधानसभा सदस्य अभिषेक प्रताप शाह, नगरप्रमुख रजत प्रताप शाह, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, प्रतीक अग्रवाल, नेता किफायतुल्लाह खां, रहिश शाह, अखिलेश्वर पाण्डेय लगायत राप्ती आँखा अस्पताल दांगका पदाधिकारी, नेत्र ज्योति संघका पदाधिकारी, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य कर्मचारी एवम् सरोकारवालाको उपस्थिति थियो ।


