कपिलवस्तु ,
मंसिर ६
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका ८ बहादुरगंजमा ट्रयाक्टर र माेटरसाइकल एक आपसमा ठाेकिएर दुर्घटना भएकाे छ ।
कृष्णनगर चन्द्राैटा फाेरलेन सडकमा विपरीत दिशाबाट आउदै गरेकाे लु .४ त.३२६ नम्बरकाे ट्रयाक्टरले लु.३९ प ६४३९ नम्बरकाे माेटरसाइकल सवार शिवराज नगरपालिका ७ जुमिलिका सन्ताेष चाैधरी हाल श्री राम गाेरखा उच्च मावि मा कार्यरत शिक्षकलाई विपरीत दिशादेखि आउदै गरेकाे ट्रयाकटरले बहादुरगंज चेकपोस्ट नजिकै दुर्घटना गराएकाे छ र दाहिने खुटा र टाउकाेमा गम्भीर चाेट लागेकाे छ ।
चाैधरीकाे शिवराज अस्पतालमा सामान्य उपचार गरि बुटवल रिफर गरिएको ई.प्र का बहादुरगंजले जानकरी गराएकाे छ ।


