कपिलवस्तु ,फागुन ४ अनेक पाण्डे
कपिलवस्तुको महाराजगंज नगरपालिका अन्तर्गतमा रहेकाे सडक लुम्बिनी प्रदेस सरकारका मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीले शिलान्यास गर्नु भएको छ ।
साना ग्रामीण बिकास तथा साना पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिशवा , शान्ति नगर चाेकसम्मको सडक निर्माण कार्यको लुम्बिनी प्रदेस सरकारका मुख्य मन्त्री माननीय डिल्ली बहादुर चौधरीले शिलान्यास गर्नु भएको छ ।
कार्यक्रम महाराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलामको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा बुद्धभुमी नगर प्रमुख केश्व कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेल र महाराजगंज नगरपालिकाको उप प्रमुख रिता कुमारी चौधरी, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, कपिलवस्तुका जिल्ला प्रहरी उपरिक्षक नवरत्न पौडेल, महाराजगजं नगरपालिका वडा अध्यक्षहरु, ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कार्यालयका प्रमुख तथा इन्जीनियर लगायत विभिन्न जनप्रतिनिधि र एव राजनैतिक दलका प्रमुखहरुको सहभागिता रहेको थियो ।
४.७०० कि.मि. सडक १८ करोड ३९ लाख ३४ हजार ९ सय ८५ काे लागतमा निर्माण कार्य सुरु भएको छ । कार्यक्रमको सन्चालन महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले सन्चालन गर्नु भएको थियो ।


