एलिजाबेथ द्वितीयाः महारानी र उनको ‘गजबको हास्यचेत’

0
210
ads वन्य जन्तु संरक्षण

[ad_1]

महारानी एलिजाबेथ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

महारानीको हास्यचेत उनको व्यक्तित्वको महत्त्वपूर्ण पाटो रह्यो

यूकेमा ७० वर्ष शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाले राजसंस्थालाई उथलपुथलका समयमा दह्रो नेतृत्व दिइन्। उनको सार्वजनिक जीवनका हरेका पाटा निकै योजनाबद्ध हुन्थे र जहिलेसुकै उनले गाम्भीर्य प्रदर्शन गर्नुपर्थ्यो। तर पछिल्ला वर्षहरूमा उनले गजबको हास्यचेत प्रकट गरिन्।

यो वर्षको सुरुमा बीबीसीलाई दिएको एक अन्तर्वार्तामा ड्यूक अफ ससेक्सले उनको हजुरआमाको सबभन्दा उत्तम गुण भनेर उनको हास्यचेतलाई औँल्याएका थिए।

इतिहासविद् तथा लेखक सर एन्थोनी सेल्डनका अनुसार आफैँलाई धेरै गम्भीरतापूर्वक नलिने उनको बानीले: “उनको शासनको सफलतामा उल्लेखनीय योगदान पुर्‍यायो।”

“कतिपय विषयलाई हलुका रूपमा लिनु भनेको पनि जीवन जिउने एक महत्त्वपूर्ण कला हो,” शाही इतिहासविद् रोबर्ट लेसीले महारानीको निधनपूर्व बताएका थिए।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here