पशु सेवा शाखा बहादुरगंज द्धारा १ दिने पशु स्वास्थ्य शिविर संचालन

0
157


कृष्णनगर , माघ २२
अनेक पाण्डे
पशु सेवा शाखा बहादुरगंजले १ दिने पशु स्वास्थ्य शिविर संचालन गरेकाे छ।
कृष्णनगर नगरपालिका पशु सेवा शाखा बहादुरगंजको आयोजनामा १ दिने पशु स्वास्थ्य शिविर यस कृष्णनगर नगरपालिका वडा नं. १० मा संचालन भएकाे छ ।
वडा नं.१० का वडा अध्यक्ष हरिपाल चतुर्वेदीकाे अध्यक्षतामा कार्यक्रम संचालन गरिएकाे हाे ।
प्रत्येक्ष रुपमा ७४ जना पशु पालक कृषकका ४२३ पशुहरुकाे स्वास्थ्य सेवा परिक्षण तथा ओेेषधी उपचार भएकाे पशु सेवा शाखा प्रमुख असर्फी प्रसाद यादवले जानकारी दिनुभयाे ।
यस शिविरमा बाझाेपन निवारण, आन्तरिक परिजीवी, वाहय परिजीजी, लगाएत अौषधीहरु  निःशुल्क वितरण गरियो ।
पशुपालक कृषक, समाजसेवी लगायत पशु प्राविधिक को उपस्थिती मा कार्यक्रम सम्पन्न भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here