३२ अैाँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कृष्णनगरमा मनाइयो

0
148


कृष्णनगर, १७ मंसिर । 

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरेर ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको आयोजकले जनाएको छ । 

फेयरमेड फाउन्डेसन  नेपाल,कालिका स्वावलम्बन सामाजिक केन्द्रको समन्वय र कृष्णनगर नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेर ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको नगरपालिकाले जनाएको छ । “दिगो विकासको लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यवद्धता” भन्ने मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम गरि अपाङ्गता दिवस मनाइएको हो । 
नगर उप  प्रमुख आरतीदेवी चाैधरीकाे  अध्यक्षता  तथा  विशिष्ट अतिथि  मा  प्रमुख प्रशासकीय  अधिकृत  रमेश गाैतम काे उपस्थित  रहेकाे थियाे ।
कार्यक्रम संचालकमा राेजगार सयाेजक  ईश्वरी  प्रसाद पाैडेल  तथा स्वागत मन्तव्य  महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्यायले  दिनुभयाे ।
कार्यक्रम का प्रशिक्षक  आधारभुत स्वास्थ्य परियाेजनाका सुपर भाइजर  अनेक पाण्डेले  अपांगता  भएका व्यक्तिकाेहरुकाे अधिकार  तथा अपांगता भएका व्यक्तिहरुले पाउने सेवाहरु बारे  प्रष्ट जानकारी दिनुभयाे ।

कार्यक्रममा नगर उप–प्रमुख आरतीदेवी चौधरीले अपाङ्गता भएका व्यक्तिहरूलाई सबैले समान दृष्टिकोणले हेर्नुपर्ने बताइन् । उनले अपांगता भएका व्यक्तिहरुमा अ-आफ्नो क्षमता भएको बताउँदै उक्त क्षमताकाे संरक्षण र प्रस्फुटन गरी व्यक्तित्व विकास हुनुपर्नेमा जाेड दिइन् । अपाङ्गता भएका व्यक्तिहरूको हकहित र संरक्षणका लागि  नगरपालिकाले आवश्यक बजेट विनियोजन समेत गर्दै आएको र आगामी दिनमा पनि विनियोजन गरिने प्रतिबद्धता समेत जनाए ।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गाैतमले अपाङ्गता भएका व्यक्तिहरुकाे हकहित, संरक्षण, नीति नियम र रणनीति समेत नगरपालिकाले बनाउने बताए । सबै नागरिककाे एउटै अधिकार भएकाले नगरपालिकाले सबैलाई समान व्यवहार गर्नुपर्ने उनले बताए । 

कार्यक्रममा अपाङ्ग भएका व्यक्ति, जनप्रतिनिधि, कर्मचारी, गैसरकार संस्थाका कर्मचारी लगायत सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रमकाे अन्तमा उप प्रमुख चाैधरीले कार्यक्रमलाई समापन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here