चैत्र २०७९, काठमाडौं , : नेपालले यूएईविरुद्ध कीर्तिमानी जित हात पारेको छ।
यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।
बिहीवार यूएईलाई एक रोमाञ्चक खेलमा पराजित गरेपछि नेपालले सो उपलब्धि हात पारेको हो।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएर जित हात पारेको हो।
यसअघि कीर्तिपुर मैदानमा एक महिनाअगाडि नेपालले नामिबियाविरुद्ध २८६ रन पछ्याएको थियो।
जितसँगै नेपालको अङ्क ४० पुगेको छ। ३९ अङ्कका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको यूएईले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ३१० रन जोडेको थियो।
३११ रनकाे विशाल लक्ष्य पछ्याउन आएको नेपालले खराब सुरुआत गरेकाे थियाे। इनिङको तेस्रो बलमा नै ओपनर आशिफ शेख खाता नखोली आउट हुन पुगे।
दोस्रो बलको सामना गर्ने क्रममा अगाडि बढेर खेल्न खोज्दा उनी स्टम्पिङ हुन पुगेका थिए। उनको स्थानमा आएका कुशल मल्ल पनि दोस्रो ओभरको तेस्रो बलमा आउट भए।
पाँच बलको सामना गरेका उनले एक चौकाको मद्दतमा ५ रन मात्र बनाउन सके। त्यसपछि गहन जिम्मेवारीका साथ कप्तान रोहित पौडेल इनिङ सम्हाल्न आएका थिए।
तर उनी पनि लामो समय टिक्न सकेनन्। सातौँ ओभरमा उनी १६ रन बनाएर पवेलियन फर्किए। यति बेला नेपालले ३७ रनमा तीन खेलाडी गुमाइसकेको थियो।
त्यसपछि भीम सार्कीले महत्त्वपूर्ण रूपमा ६७ रन जोडेर नेपाली पारी उकासेका थिए। जुनेद सिद्दीकीको बलमा एलबीडब्लू आउट हुनुअगाडि उनले नौ चौका प्रहार गरे।
सार्कीले आरिफ शेखसँग मिलेर पाँचौँ विकेटका लागि ८३ रनको साझेदारी गरे। धैर्यपूर्ण रूपमा क्रिजमा टिकेका आरिफले अर्ध शतक पूरा गरे।
वर्षाका कारण डक वर्थ लुइसको लक्ष्य पूरा गर्ने क्रममा ठूलो शट् खेल्दा उनी ५२ रनमा आउट भएका थिए।

I was extremely pleased to uncover this page. I want to to thank you for ones time just for this fantastic read!! I definitely liked every bit of it and i also have you bookmarked to look at new information on your web site.