१९ अैां महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईयाे

0
271


कपिलवस्तु
मंसिर १९
कृष्णनगर नगरपालिका अन्तर्गत १९ अैां महिला स्वास्थ्य स्वयंसेविका दिवस कृष्णनगर स्वास्थ्य चाैकीकाे हलमा मनाईयाे ।
“महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकाे प्रतिबद्धता,स्वास्थ्य प्रबर्द्धनमा हाम्राे एक्यवद्धता”
भन्ने मुल नाराका साथ स्वास्थ्य शाखाबाट गिता भट्टले कार्यक्रम संचालन गर्नुभयाे ।
कालिका स्वावलम्बन समाजिक केन्द्रकाे (EHP) परियोजनाका सामाजिक परिचालक अनेक पाण्डेले महिला स्वास्थ्य स्वयंसेवककाहरुकाे काम कर्तव्य अधिकार बारे बताउनु भयाे ।
यसै गरि नागरिक आराेग्य केन्द्रका प्रमुख नागेश्वर मिश्रले आराेग्यबारे छलफल चलाउनुभयाे । कार्यक्रममा बाेल्दै
सुहाराका परिचालक पृथ्विपाल तेलीले पाेषणबारे जानकारी दिनुभयाे।साथै स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले कार्यक्रमकाे समापन गर्नुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here