
कपिलवस्तु ,कार्तिक ४
फेयरमेड फाउन्डेसन नेपाल र कालिका स्वावलम्वन समाजिक केन्द्र द्धारा संचालित आधारभुत स्वास्थ्य परियाेजनाकाे बैठक सम्पन्न भएकाे छ।
कपिलवस्तुका दशंवटा पालिकामा संचालित आधारभुत स्वास्थ्य परियाेजना अन्तरगत उपेक्षित उष्ण प्रदेशिय राेग बारे कार्यक्रम संचालन रहेकाे छ।
आधारभुत स्वास्थ्य परियाेजनाकाे मुख्य उदेश्य स्वास्थ्य सेवाकाे पहुचबाट बन्चित रहेका समुदायहरु लाई लक्ष्यित गरी पहुचकाे मुख्य धारामा जाेडने कार्यक्रमहरु समुदाय स्तरीय कार्यक्रम , स्वास्थ्य व्यवस्थापन समिति तथा स्वास्थ्यकर्मीहरुलाई NTDs बारे परियाेजनाले तालिम तथा अभिमुखिकरण कार्यक्रम मार्फत समुदायमा लुकेर बसेका हातिपाईले,कुष्ठराेग प्रभावित व्यतिहरुकाे पहिचान गरि निदान गरेकाे छ ।
सन २०२२ काे तेस्राे त्रेमासिक बैठकमा कपिलवस्तुका दशवटै पालिकामा रहेका समुदाय स्वास्थ परिचालकहरुले अ आफनाे पालिकाकाे उपलब्धि , चुनाैति,समस्याहरुबारे प्रष्ट पारे तथा फेयरमेड नेपालका विपिन थापाले परियाेजनाकाे कार्यक्रमका समस्या तथा चुनाैति बारे छलफल गर्नु भयाे ।
मातृतथा नवजात शिशु स्वास्थ बारे फेयरमेड नेपाल बाट मन्जु पाण्डेले संस्थागत सुत्केरी ,प्राेटाेकल अनुसार गर्भवती जांच खाेपबारे छलफल गर्नु भयाे।यसैगरि फेयरमेडकै खुमकला गिरिले हरेक महिना कमतिमा २० वटा परियाेजनाले गरेका कृयाकलापबाट केश स्टाेरी लेखेर ल्याउनेमा जाेड दिनुभयाे ।
कार्यक्रम परियाेजना अधिकृत निशान कुवरले कार्यक्रम संचालन गर्नुभएकाे थियाे।
त्रेमासिक बैठकलाई कालिका स्वावलम्बन समाजिक केन्द्र कि महा सचिव शान्ता पाैडेलले परियाेजनालाई हुने सहयोग गर्ने छु भनी प्रतिबद्धताका साथै बैठककाे समापन गर्नुभयाे ।


