युक्रेन युद्ध: रुसी कब्जाबाट फिर्ता लिइएको युक्रेनी सहरमा सयौँ चिहान फेला परे

0
201

[ad_1]

चिहानहरू

तस्बिर स्रोत, Reuters

युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको इज्यूम सहरबाहिर सयौँ चिहानहरू भेट्टिएको बताएको छ।

यसअघि रुसले कब्जा गरेको भूभाग फिर्ता लिन अघि बढिरहेका युक्रेनी सैनिकहरूले सहर बाहिरको जङ्गलमा काठको क्रस चिह्न राखिएका चिहानहरू भेटाएका हुन्। अधिकांशमा चिहानहरूमा पुरिएकाहरूको व्यक्तिगत विवरणसहित नम्बरहरू समेत राखिएको छ।

अधिकारीहरूले केही चिहानहरूको शुक्रवारबाट उत्खनन गरिने बताएका छन्।

चिहानमा पुरिएकाहरू कसरी मारिए भन्ने खुल्न नसके पनि प्रारम्भिक विवरणहरूअनुसार उनीहरूको मृत्यु बमबारी र स्वास्थ्य उपचारको पहुँचमा अभावका कारण भएको देखिएको छ।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here