गौतमबुद्ध साझेदारी वनद्वारा निःशुल्क बिरुवा वितरण, उपभोक्तालाई सदुपयोग गर्न आग्रह

0
86
ads वन्य जन्तु संरक्षण

(विजयनगर) कपिलवस्तु, १ साउन ।

कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनले आफ्ना उपभोक्ताका लागि निःशुल्क बिरुवा वितरण कार्यक्रम सञ्चालन गरेको छ । वनले गत असार १७ गतेदेखि विभिन्न प्रजातिका बिरुवा वितरण गर्दै आइरहेको जनाएको छ । बनले उत्पादन गरेकाे सागवन, खयर, नीम, अर्जुना, महुवा प्रजातिका बिरुवा वितरण गरिरहेकाे छ ।

साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानले साझेदारी वन कार्यालय उज्ज्वलपुरसँग समन्वय गरी वनको मापदण्ड अनुसार आवश्यक पर्ने बिरुवा प्राप्त गर्न सकिने जानकारी दिए । निःशुल्क वितरणको अवसरको समयमै सदुपयोग गर्न उनले सबै उपभोक्तालाई आग्रह गरे ।

वरिष्ठ वन अधिकृत मोहन प्रसाद गजुरेलका अनुसार वनले यस वर्ष एकवर्षीय तथा बहुवर्षीय गरी करिब ७० हजार बिरुवा उत्पादन गरिएको छ । खेर गइरहेका जग्गामा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्नुका साथै उपभोक्तालाई आयआर्जनमा समेत टेवा पुग्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा निःशुल्क वितरण गरिरहेकाे उनले बताए ।

वन कार्यालयले उपलब्ध बिरुवाको सदुपयोग गर्दै खाली तथा बाँझो जग्गामा वृक्षारोपण गर्न र वातावरण संरक्षणमा योगदान पुर्‍याउन सबै उपभोक्तासँग आग्रह गरेको छ ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here